२८ जना जुवाडे पक्राउ

102

नवलपरासी / नवलपरासीको देवचुली नगरपालिको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ । कौवा खेलिरहेको अवस्थामा ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ सहित २८ जनालाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालमा तिहारको समयमा अत्याधिक जुवा तास लेखिने गरिन्छ । पक्राउ पर्नेमा देवचुली ११ का ३३ बर्षीय अम्मर गुरुङ, देवचुली ५ का ३१ बर्षीय विजय शाही, ४२ बर्षीय ठाकुरप्रसाद पोखरेल, देवचुली १५ का ३२ बर्षीय शम्भु रानाभाट, ३४ बर्षीय दिलबहादुर टण्डन, देवचुली ३ का ३८ बर्षीय नेत्रनारायण पोखरेल, देवचुली १३ का ४८ बर्षीय मेघराज शर्मा लगायतका रहेको छन् ।

त्यसैगरी प्रहरीले कौडाको खोलबाट देवचुली १४ का ३२ बर्षीय रोशन भण्डारी, ३३ बर्षीय विरेन्द्र वस्नेत, ३२ बर्षीय अन्जान वस्नेत, ३० बर्षीय सलमान मिया, ४० बर्षीय कृष्णकुमार श्रेष्ठ, ५६ बर्षीय मन विक, देवचुली १५ का ३३ बर्षीय तिलककुमार आले, देवचुली ११ का ३६ बर्षीय सुमान आले, देवचुली ८ का ३४ बर्षीय बाबुराम चापागाई लगायतका रहेका छन् ।

त्यसैगरी देवचुली १३ का ३७ बर्षीय प्रकाश न्यौपाने, ३२ बर्षीय रामप्रसाद अर्याल, ३१ बर्षीय सरद पौडेल, ४२ बर्षीय नवराज शर्मा, ४८ बर्षीय सूर्य घिमिरे, २४ बर्षीय शौरभ खनाल, देवचुली २ का ४० बर्षीय शिव बानियाँ, ३९ बर्षीय मनबहादुर कुमाल, देवचुली १ का ३८ बर्षीय सुभाष ओझा, २६ बर्षीय अरुणबहादुर चौधरी, ४६ बर्षीय भुमि भण्डारी र देवचुली ९ का ३९ बर्षीय ऋषिराम सुवेदी रहेका छन् । उनीहरुको साथबाट नगद सहित प्रहरीले १ थान कौडा बोर्ड र १६ थान कौडा समेत बरामद गरेको छ । उनीहरुलाई प्रहरीले विशेष सुराकीको आधारमा राति साढे १२ बजेतिर नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here