चीनले बनाएकाे विद्युतीय विमानको परीक्षण

102

एजेन्सी / चीनले चार सीट भएको विद्युतीय विमानको परीक्षण उडान सोमवार गराएको छ ।

चीनले नै बनाएकाे उक्त विमानको नाम आरएक्स४ई हो र त्यसलाई चीनको उत्तरपश्चिममा रहेको शेनयाङ शहरमा परीक्षण उडान गरिएको हो ।

लियाओनिङ जनरल एभिएसन एकेडमीले बनाएको उक्त विमानको तौल १२ किलो छ र लम्बाइ ८.४ मिटर छ । यसको पखेटाको चौडाइ १३.५ मिटर छ । यो ३०० किलोमिटर प्रतिघन्टाको दरले उड्छ अनि डेढ घन्टासम्म लगातार एकपटकको उडान भर्न सक्छ ।

विमानमा कार्बन फाइबर कम्पोजिट पदार्थ उपयोग गरिएको छ र यो एकदमै हलुका छ । यो कडा घाँसे मैदान र ग्राभेल बाटोबाट पनि उडान भर्न सक्छ, एकेडमीका उपाध्यक्ष झाओ टिएननले जनाए ।

‘आरएक्स४ई विमानको बजार विशाल छ । यसलाई छोटो दूरीको यातायात, पाइलट प्रशिक्षण, दृश्यावलोकन, हवाई फोटोग्राफी र हवाई नक्सांकनमा पनि उपयोग गर्न सकिन्छ,’ झाओले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here