पूर्वसभामुख महराको थुनछेक बहस आज

283

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महराको आज थुनछेक बहस सुरु हुँदै छ । थुनछेक बहस पछि धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ ।

थुनछेक बहसमा वकालनामा पेश गरेका वकिलको संख्या धेरै भए बहस भोलिसम्म लम्बिन सक्ने जनाईको छ

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने जनाए ।

संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई गत १९ असोजमा पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो ।

तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पछिल्लो पटक  थप ७ दिन म्याद थपिदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here