यी हुन् विश्वका चार अनाैठा प्रतियोगिताहरू

224
एजेन्सी / यो संसारमा अनेक प्रकारका प्रतियोगिताहरु हुने गर्दछन् । कतै गालामा थप्पड हान्ने प्रतियोगिता हुन्छ त कतै हिल चप्पल लगाएर दौडिने महिलाहरुको प्रतियोगिता हुन्छ । यस्तै अनौठो खालको प्रतियोगिता हालै अमेरिकाको न्युयोर्कमा भएको छ । उक्त प्रतियोगितामा ट्वाइलेट पेपरबाट वेडिङ ड्रेस बनाउनु पर्ने थियो ।

 

उक्त प्रतियोगितामा सहभागी हुनका लागि सुरुमा १५ सय जनाले नाम दर्ता गराएका थिए । तर ३० सेप्टेम्बरमा भएको प्रतियोगिताको अन्तिम चरणमा केवल १० प्रतियोगी मात्र चयन भए । साउथ क्यारोलिनाकी मिमोजा हास्काले सबैभन्दा उत्कृष्ट वेडिङ ड्रेस बनाएर विजेता बन्न सफल भइन् । प्रतियोगितामा वेडिङ ड्रेस बनाउनका लागि ट्वाइलेट पेपरसँगै टेप, धागो तथा ग्लूको प्रयोग गरिएको थियो ।

मिमोजा हास्काले कूल ४८ रोल ट्वाइलेट पेपरको प्रयोग गरी वेडिङ ड्रेस बनाइन् । जुन सबैभन्दा उत्कृष्ट ठहरियो । उक्त पहिरन बनाउन मिमोजालाई ४ सय घण्टा लागेको थियो । विजेता भएसँगै मिमोजाले १० हजार डलर पुरस्कार पनि पाइन् । उक्त प्रतियोगिताका निर्णायक मण्डलमा केही चर्चित सेलिब्रेटीहरु थिए भने प्रतियोगिताको राष्ट्रिय टिभीबाट प्रत्यक्ष प्रशारण पनि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here