राष्ट्र बैंकले ल्यायाे ‘फर्स्ट होम बायर’ राहत प्याकेज, ७० प्रतिशतसम्म ऋण पाइने

227

काठमाडौं / नेपाल राष्ट्र बैंकले ‘फर्स्ट होम बायर’ का लागि ठूलै राहत प्याकेज ल्याएको छ। घरजग्गामा सुरुवातदेखि नै कडाइ गर्दै आएको राष्ट्र बैंकले शुक्रबार पुरानो नीति परिवर्तन गर्दै राहत प्याकेज घोषणा गरेको हो। घरजग्गा तथा रियलस्टेट कर्जा सम्बन्धि ब्यवस्थामा संशोधन गर्दै राष्ट्र बैंकले धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण सुविधा पाइने ब्यवस्था गरेको हो।

यसअघि काठमाडौंभित्र धितोको ५० र बाहिर ६० प्रतिशतसम्म ऋण पाइन्थ्यो। अब भने ७० प्रतिशतसम्म ऋण पाइन्छ। तर ऋणको आकार १ करोड ५० लाख रुपैयाँभन्दा बढि हुनु हुँदैन।समा एउटा सर्त भने छ। घर ३ हजार वर्गफिटभन्दा ठूलो हुनु हुँदैन र ऋणी आँफैले प्रयोग गर्नु पर्ने हुन्छ। यो सुविधा पाउनका लागि यसअघि ऋण नलिएको हुनु पर्छ।

यो सुविधा लिने हो भने घरभाडालाई ऋणीले आम्दानीको स्रोतका रुपमा देखाउन पाउँदैन। नियमित किस्ता भुक्तानीमा पनि सहुलियत दिइएको छ। तर यसले भने ऋणीको आर्थिक भार भने बढ्ने छ।

कर्जाको ब्याज दर बृद्धि भएमा पूर्व निर्धारित मासिक किस्ता बृद्धि नगरी कर्जा भुक्तानी ब्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ। यसको अर्थ हो अहिले १५ बर्षको ऋण लिएर मासिक २० हजार किस्ता तिरिरहनु भएको छ। अब ब्याज बढ्यो भने ग्राहकले मासिक किस्ता २० हजार नै तिर्ने हो तर उसको भुक्तानी गर्ने समय भने १५ बर्षबाट बढ्ने छ। यसले मासिक किस्ता तिर्न सजिलो भए पनि दीर्घकालिन आर्थिक भार भने बढ्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here