संसारकाे सबैभन्दा भयानक घरमा १० घण्टा बिताउँदा पाइन्छ २२ लाख पुरस्कार

92

एजेन्सी / भूतघरका कथामा आधारित धेरै चलचित्रहरू बनेका छन् । यस्ता चलिचित्रहरूमा देखाइने  भुतघरका प्रसंगले मनमा डर, रोमाञ्चकता तथा मनोरञ्जन सिवाय अरु दिने केही होइन । तर अमेरिकामा चाहिँ एउटा यस्तो भुतघर खोलिएको छ, जसमा तपाईंले डरत्रासको मज्जा मात्र होइन पैसा पनि कमाउन सक्नुहुनेछ ।

टेनिसीको समरटाउनमा स्थापित उक्त हण्टेड हाउसमा १० घण्टा बिताउन सक्नुभयो भने करीब २२ लाख रुपैयाँको पुरस्कार तपाईंको झोलीमा पर्नेछ ।

उक्त हण्टेड हाउसको नाम हो, ‘मे मी म्यानर’ । यो भुतघर भित्रको दृश्यहरु इति भयानक छन् कि त्यहाँ कुनै पनि मानिसका लागि १० घण्टा बिताउनु असम्भव प्रायः जस्तै हुन्छ । तर यदि जसले हिम्मत जुटाएर हण्टेड हाउसभित्र १० घण्टा बिताउँछ उसले २० हजार डलर पुरस्कार पाउँदछ ।

यो हण्टेड हाउसभित्र छिर्नु अगाडि जो कोहीले पनि ४० पेजको करारनामा गर्नुपर्दछ, ता कि भित्र डरका कारण केही भएमा स्वयं व्यक्ति नै जिम्मेवार हुन्छ । साथै घरभित्र जाने मानिसको उमेर २१ वर्षभन्दा कम हुनुहुँदैन । यसका साथै आफू स्वस्थ रहेको मेडिकल सर्टिफिकेट पनि पेश गर्नुपर्दछ ।

यतिमात्र कहाँ हो र, करारनामामा यतिधेरै कडा शर्तहरु हुन्छन् कि घरभित्र छिरिसकेपछि गम्भीर रुपमा शारीरिक वा मानसिक चोट नपरेसम्म बाहिर निस्किन पाइँदैन ।

हण्टेड हाउसभित्र छिरिसकेपछि धेरै मानसिक तथा शारीरिक त्रासदीहरुको सामना गर्नुपर्दछ । त्यसक्रममा मान्छेलाई रिस पनि उठ्नसक्छ, तर रिसलाई नियन्त्रणमा राख्नुपर्दछ ।

घरभित्र भूतका मूर्ति मात्र होइन डरलाग्दा पहिरनमा रहेका अन्य मानिसहरुले समेत अचानक अगाडि पछाडि आएर डरलाग्दो वातावरण सिर्जना गर्नेछन् । यसले मानिसलाई साँच्चीकै भूतको फेला परेको भान हुनेछ । उक्त हण्टेड हाउसका मालिकका अनुसार अहिलेसम्म कोहीपनि व्यक्तिले उक्त घरभित्र १० घण्टा बिताउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here