अफगानमा तालिबान विद्रोहीको आक्रमणमा १२ को मृत्यु

77

एजेन्सी / अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् ।

प्रान्तीय प्रशासनका प्रवक्ता निक मोहम्मद नजारीले सुरक्षा जाँच चौकीमा तालिबानले गरेको आक्रमणबाट चार जना सुरक्षाकर्मी र आठ जना लडाकू मारिएको जानकारी दिए ।तालिबान समूहले शनिबार साँझ नासाई जिल्लाका विभिन्न भागमा सुरक्षा जाँच चौकीहरुमा आक्रमण गरेका थिए । आक्रमणपछि सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहान भएको थियो ।

शनिबार अबेर रातिसम्म दुबै पक्षबीच भिडन्त भएपछि थप सुरक्षाफौज परिचालन गरिएको पनि प्रवक्ता नजारीले जानकारी दिए । तालिबान लडाकूहरुले पछिल्लो पटक बदाखसान प्रान्तका वार्दोज, यामगान र कुरान–वा–मुन्जान जिल्लामा नियन्त्रण गुमाएको सरकारी दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here