आलमविरुद्ध तीन मुद्दा, ३२ वर्ष कैद सजाय माग

227

काठमाडौं– जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको जनाएका छन् ।

प्रत्यक्षदर्शीको भनाइअनुसार सञ्चारकर्मीसामु आलमले दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएको आरोपमा मुद्दा चलाएको जनाए ।

आलमले ०६४ साल चैत २७ गते यमुनामाई गाउँपालिका निवासी त्रिलोकप्रताप सिंह र ओसी अख्तरहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट घटनाको योजनाकारको आरोप लगाउँदै आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here