नेपालको भू-भाग भारतको नक्सामा समेटिएकोप्रति विरोध प्रदर्शन ( भिडियोसहित)

266

काठमाडौं / नेपाल मजदूर किसान पार्टिले नेपालको भूभाग भारतको नक्सामा समेटिएकोप्रति विरोध प्रदर्शन गरेको छ ।

भारतीय सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा कालापानी र लिपुलेकलाई गाभेको विरोधमा आज सो पार्टीले जुलुस प्रदर्शन गरेको हो ।

भारतको गृह मन्त्रालयले तयार गरेको भारतको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक क्षेत्रसमेत) भारतीय क्षेत्रमा राखिएको भन्दै विज्ञप्ती जारी गरेको छ ।

नेमकिपाका सचिव प्रेम सुवालले हस्ताक्षर गरी जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘भारतको गृह मन्त्रालयले यही कात्तिक १८ गते तयार गरेको भारतको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक क्षेत्रसमेत) भारतीय क्षेत्रमा राखिएको भन्ने प्रकाशित समाचारप्रति नेमकिपाको गम्भीर ध्यानाकर्षण भएको छ, भारत सरकारको यस्तो विस्तारवादी प्रवृत्ति र उद्देश्यको चर्को विरोध र निन्दा गर्दछ ।’

भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूभागसमेत गाभेको छ । भारतले आफ्नो नक्सामा राखेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालले गएको फागुनमा सार्वजनिक गरेको नक्सामा पनि राखेको छ । नापी विभागले तयार पारेको नक्सामा अहिले भारतले राखेको क्षेत्रलाई पनि समेटेको थियो ।

नेपालको नापी विभागले तयार पारेको नक्साअनुसार अहिले आएर भारतले ती क्षेत्र अतिक्रमण गर्दै आफ्नो नक्सामा राखेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here