काठमाडौं / भारतले नेपाली भूमि राखेर नयाँ नक्सा सार्वजनिक गरेकोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कडा विरोध गरेको छ ।
महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति निकालेर नयाँ नक्सा खारेज गर्न भारतसँग माग गर्नुभएको छ । विप्लव नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।
सरकारले प्रतिबन्ध लगाएको र भूमिगतरुपमा सक्रिय विप्लव समूहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने, भारतीय दुताबासमा ज्ञापन पत्र बुझाउने र राष्ट्र संघको कार्यालयमा विरोध पत्र दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
संघर्षका कार्यक्रमहरु :
२०७६ कार्तिक २१ गते मसाल जुलुस
२०७६ कार्तिक २२ गते कोणसभा
२०७६ कार्तिक २३ गते भारतीय दुताबासमा ज्ञापनपत्र
२०७६ कार्तिक २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने
२०७६ कार्तिक २५ गते विरोध प्रदर्शन
२०७६ कार्तिक २६ गते भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने
२०७६ कार्तिक २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने



















