नेपाल र कुवेत विरूद्वकाे विश्वकप छनौट दशरथ रंगशालामा नहुने

246

काठमाडौं / दशरथ रंगशाला समयमा नै तयार नहुँदा नेपालले विश्वकप २०२२ छनोट अन्र्तगत कुवेतविरुद्धको घरेलु मैदानमा खेल्न पाउने खेल अब देश बाहिर नै खेल्नुपर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशरथ रंगशाला तयार नभएकोे निष्कर्ष निकालेपछि नेपालले घरेलु खेल तटस्थ भूमिमा खेल्नुपर्ने भएको हो ।

दशरथ रंगशालामा आगामी मंसिर ३ गते नेपाल र कुवेतबीचको खेल हुने पूर्व निर्धारित कार्यक्रम थियो । २०७२ बैशाख १२ को महाविनाशकारी भूकम्पपछि दशरथ रंगशालामा पहिलोपल्ट कुनै पनि खेल आयोजना हुँदै थियो। खेलको पूर्व तयारीको क्रममा शुक्रबार रंगशालाको फ्लडलाइट परीक्षण पनि गरिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशरथ रंगशाला तयार नभइसकेकोले कुवेतविरुद्धको खेल तटस्थ भूमिमा खेल्नुपर्ने भएको उल्लेख गरेको छ ।

एएफसीका प्रतियोगिता समितिका देङ सिओ लोङले मंगलबार दिउँसो आएर दशरथ रंगशालाको निरीक्षण गरेका थिए । र, उनकै प्रतिवेदन अनुसार एन्फालाई नेपालको ‘होम म्याच’ तटस्थ भूमिमा खेल्न एएफसीले निर्देशन दिएको हो ।

समयमा नै मैदान तयार गर्न नसकेकोमा एन्फाले माफी माग्दै छनौट उक्त खेल भूटानको चाङ्गलिमिथाङ्ग रंगशालामा सञ्चालन गर्नका लागि अन्र्तराष्ट्रिय फुटबल महासंघ फिफा र एएफसीसँग प्रस्ताव समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here