नायिका बर्षा सिवाकोटि आफ्नो अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा देखा परेकी छिन् । गायक प्रमोद राज न्यौपानेको नयाँ गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्की संग रोमान्टिक लुक्स संगै अन्तरंग दृश्यहरुमा देखिएकी हुन्।
प्रमोद राज न्यौपाने को श्वर र संगीत रहेको यस गीतका रचनाकार नृपेश उप्रेती हुन् । दुबै जना हाल बेलायत बसोबास गर्छन । गीतमा संगीत सम्योजन भने उदय राज पौडेल ले गरेका छन् ।
भिडिओ मा बर्षा र भिजु को रोमान्स लाई क्यामेरा मा नवराज उप्रेतीले कैद गरेका छन भने भिडियो सम्पादन नवीन निरौला को र कोरिओग्राफी तथा निर्देशन गम्भीर बिस्ट को रहेको छ ।
यसअघि २ वटा लगातार म्युजिक भिडियो लगातार बेलायतमै छायांकन गरेका गायक प्रमोद राज यसपटक भने व्यवसायिक, अनुभवी तथा दक्ष कलाकार, निर्देशक र प्रविधिक साथीहरुसंग काम गर्ने आफ्नो पहिले देखिकै चाहना पूरा गर्न नेपाल मै भिडियो बनाएको जनाउँछन ।
भिडियो :