Breaking News : उम्मेदवारी दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट

242

पोखरा / पोखरामा बम विष्फोट भएको छ । उम्मेदवारी दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट भएको छ । पोखराको पर्यटन बसपार्कमा नजिक रहेको निर्वाचन कार्यलय छेउमा भएको बम बिस्फोटमा खासै क्षति भने भएको छैन ।

बम विस्फोट कसले र किन गरिएको भन्ने बुझ्न सकिएको छैन । करिब १० :४० को समयमा विस्फोट भएको थियो

प्रहरी घटनास्थलमा पुगेको छ । विष्फोट पश्चात बसपार्क आसपासका क्षेत्रमा सुरक्षा  व्यवस्था कडा पारिएको छ ।

विष्फोटबाट के कति क्षति भएको भन्ने बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here