कर बृद्विकाे विरूद्व चुप आन्दोलन सुरु

38

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ का लागि राजस्वको दर वृद्धि गरेको प्रति आइतबार हेटौँडाका युवा व्यवसायीले उपमहानगरपालिकाको मूल ढोका अगाडि चुप आन्दोलन सुरु गरेका छन् ।

देशमा चलेको आर्थिक मन्दीमा परिरहेको अर्थतन्त्रमा सुधार नआएको अवस्थामा राजस्वको दरमा वृद्धि गरी व्यवसायीलाई मारमा पार्ने काम भएको भन्दै सोही विरोधमा युवा व्यवसायीले उपमहानगरको ढोकामा ुचुप आन्दोलनु सुरु गरेको आन्दोलनमा सहभागी किशोर अर्यालले बताउनुभयो । युवा व्यवसायीले उपमहानगरले गरेको करको विरोधमा नाराहरू बोकेर चुप आन्दोलन सुरु गरेका हुन् ।

उपमहानगरलाई ध्यानाकर्षण गराउँदा समेत २५ गतेको कार्यपालिकाको निर्णायले करको विषयको प्रस्ताव सर्वसम्मतले पारित गरेकोले चुप आन्दोलन गर्न बाध्य भएको अर्यालले बताउनुभयो । अर्यालले १९ वटा वडा कार्यालयबाट यो आन्दोलन गर्न जरुरी रहेकोले सबै वडावासीलाई आन्दोलनमा साथ दिन आग्रह गर्नुभयो ।

१५० प्रतिशतसम्म राजस्व वृद्धि समय सान्दर्भिक नभएको व्यवसायीको गुनासो छ । उपमहानगरपालिकाबाट भएको एकपक्षीय रूपमा विभिन्न शीर्षकमा भएका राजस्व, कर, व्यवसाय कर, निर्माण व्यवसायीको इजाजतपत्र नवीकरण शुल्क, घरबहाल करलगायत वृद्धिका कारणले उद्योगी–व्यवसायीहरू चर्को मारमा पर्ने मात्र हैन व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको भन्दै व्यवसायी सङ्घसंस्थाले वृद्धि गरिएको अस्वाभाविक कर तुरुन्त घटाइ यथास्थितिमा राख्न माग गरेका छन् ।न’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here