हवाई आक्रमणमा परी  गाजामा  ९ प्यालेस्टाइनीको मृत्यु 

286

एजेन्सी / इजरायलले गरेको हवाई आक्रमणमा परी गाजामा नौजना प्यालेस्टाइनीहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । इस्लामिक जिहादका एक कमान्डरलाई मार्नका लागि इजरायलले आक्रमण थालेको दुई दिनमा १९ जना प्यालेस्टाइनीहरू मारिइसकेका छन् ।

इजरायलको आक्रमणको प्रतिकार गर्दै गाजास्थित लडाकूहरूले बुधवार बिहानैदेखि इजरायलतर्फ रकेट प्रहार गरेका छन् । अनि इजरायली सेनाले पनि हवाई आक्रमण गरेको छ ।

गाजा शहरमा मारिएका ६ जनाको शव शिफा अस्पतालमा ट्याक्सी र एम्बुलेन्समा बुधवार बिहानै लगिएको छ । मारिएकाहरूका नातेदार रोएका तथा चिच्याएका थिए । मारिनेहरू घना बस्तीमा बस्ने सर्वसाधारण भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले जनाएका  छन् ।

‘उनीहरूले यसको शुरूआत गरेका हुन्, हामीहरू युद्ध चाहँदैनथियौं,’ विलाप गरिरहेका एक नातेदारले भने ।

बुधवार इजरायली सेनाले गाजापट्टीमा इस्लामिक जिहाद बसेको ठाउँमा आक्रमण फेरि गर्न थालेको जनाएकाे छ । हवाई आक्रमणका कारण कम्तीमा तीनवटा रकेट प्रक्षेपणकर्ताहरू मारिएको एक सैन्य प्रवक्ताले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here