काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले जनतालाई चुनावमा सहभागी नहुन र प्रहरीलाई दमनमा नउत्रिन अपिल गरेका छन् । पार्टीका महासचिव विप्लवले सरकारले हाम्रो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावका कार्यक्रमहरूमा सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको जनाउदै आमजनतालाई सरकारी पार्टीका चुनावी कार्यक्रमहरूमा सहभागी नबन्न विशेष अनुरोधसमेत गरेका छन ।
महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै भारतीय साम्राज्यवादले नेपाली भूमि कब्जा गर्दा र मुलुकमाथि राष्ट्रघात हुँदा पनि साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरिएको प्रस्ट पार्दै सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएकाले केपी वली सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने निर्णय पार्टीले गरेको प्रस्ट पारेका छन् ।
महासचिव विप्लवको विज्ञप्तिमा लेखिएको छ, ‘वर्तमान सामाजिक फासिवादी सरकारले यही मङ्सिर १४ गते कथित उपनिर्वाचनको घोषणा गरेको छ । भारतीय साम्राज्यवादले नेपालको जमिन मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसका विरुद्ध देशभक्त जनता सडकमा उत्रिएका छन् । हाम्रो पार्टीले सबै देशभक्त शक्तिलाई उक्त सङ्घर्षमा उत्रिन पनि आह्वान गरिराखेको छ । आफूलाई खाँट्टी राष्ट्रवादी भएको भन्दै आएको केपी सरकारले यति ठूलो राष्ट्रघात हुँदा पनि भारतीय साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरेको छ । लोकतन्त्रको वकालत गर्न सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएको छ । त्यसैले हाम्रो पार्टीले यो उपचुनावको सशक्त बहिष्कार गर्ने पार्टी निर्णय गरेको छ ।’
महासचिवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो सरकारले गरेको राष्ट्रघात, महँगी, भ्रष्टाचार, बेरोजगारीलाई यस्ता संसदीय चुनावहरूले समाध�



