हलुका सवारी चालक तालिम सम्पन्न

241

काठमाडौं / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २१औं समूहको हलुका सवारी चालक तालिम सोमबार सम्पन्न भएको छ ।

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै दक्ष सवारी चालकहरुको कमिलाई परिपूर्ति गर्ने तथा नयाँ प्रविधियुक्त सवारी साधनहरुको बारेमा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको बताउनुभयो । तालिममा सिकेका ज्ञान, सिप र दक्षतालाई आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक र त्रुटि रहित ढंगबाट कार्य सम्पादन गर्न उहाँले प्रशिक्षार्थीहरुलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी नायब उपरीक्षक ई. कमलेन्द्रलाल कर्णले कूल ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा ३४ जना प्रहरी जवानहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here