फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादको निम्तो

250

काठमाडौं– युरोप भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोलाई सगरमाथा संवादको निम्तो दिएका छन् ।

मन्त्री पोखरेलले हाभिस्तोसँगको भेटवार्ताको क्रममा सगरमाथा संवादमा निम्तो दिएको उनको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट सगरमाथा संवाद २०२० आयोजना हुँदैछ ।

भेटवार्तामा दुवै मन्त्रीबीच शिक्षा क्षेत्रमा नेपाललाई नमूनायोग्य बनाउनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ ।

फ्रान्सको पेरिसमा आयोजित युनेस्कोको ४० औं महासभा बैठक सकाएर मन्त्री पोखरेल यतिबेला फिनल्यान्ड भ्रमणमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here