शिक्षामन्त्री पोखरेलकाे कतार र मलेसियाका समकक्षीसँग भेटवार्ता

208

काठमाडौं  / शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वर्ल्ड इनोभेसन समिट फर एजुकेसन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटवार्ता गरेका छन्।

कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा. मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ।

त्यस्तै, मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा. मोहम्मद अब्दुल वाहेदसँगको भेटवार्तामा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिए। त्यस क्रममा कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here