काठमाडौं / रिदेन महर्जनकाे संयाेजकत्वमा गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ ।
साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोलका साथै कोषाध्यक्षमा गंगादेवी महर्जन र मुख्य सदस्यहरूमा सुमि डंगोल, रोजा अवाले तथा मणिस कुमार श्रेष्ठ हुनु भएको छ भने सदस्यमा महेश्वर श्रेष्ठ र इन्द्रमान महर्जन चयन भएको छ ।
मुख्य सदस्य श्रेष्ठका अनुसार, “अधिकारका अन्दोलन धेरै भयो, राज्यले दिइरहेको अधिकार नै प्रयोग गर्न नसकेको अवस्थामा नेपालको संविधानमा मातृभाषाको अधिकार दिएता पनि राम्रोसँग प्रयोग ल्याउन नसकेकाले बाध्य भइ विद्यार्थीहरु जम्मा भइ संगठन गठन गर्नु परेको जनाए ।”

















