काठमाडाैं / बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। बलात्कार गरेको भन्दै सात देखि १० वर्गसम्म कैद सजाय गर्नुपर्ने माग सरकारी वकिल कार्यालय काठमाडौंले गरेको छ।
उक्त मुद्दामा राईको बयान र थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडैका न्यायाधीश वनोदकुमार पोखरेलको इजलासले उनलाई थुनामा पठाएको हो।
राईले कात्तिकमा एक युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो।
काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको थियो। पीडितले उजुरी गरेपछि राई पक्राउ परेका थिए।















