एक युवकले ३० सेकेन्डमा १०० पटक डोरी खेलेर नयाँ किर्तीमान राखे

219

एजेन्सी / चीनका एक युवकले तीस सेकेन्डमा सय पटक डोरी खेलेर किर्तिमान  राखेका छन् ।

वांग सिसेन नाम गरेका ती युवकले तीस सेकेण्डमा सय चोटि डोरी नाघेर खेल्न सफल भएका थिए । उनले उक्त प्रतियोगिताबाट गिनिज वल्र्ड रेकर्डमा आफनो नाममा दर्ता गराउन सफल भएका छन् ।

प्रतियोगितामा वांग बाहेक अरु चिनियाँ खेलाडीले पनि नयाँ किर्तीमान राख्न सफल भएका छन् । एक चिनियाँ युवकले आफ्नै किर्तीमान तोड्न सफल भएका थिए ।

उनले २०१६ मा दुई सय आँठ चोटि डोरीलाई पार गरेका थिए भने यसपालि उनले सो रेकर्ड तोडेर तीस सेकेण्डमा २२८ चोटि डोरी नाघेर नयाँ किर्तीमान बनाउन सफल भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here