दाङको दुई स्थानमा उपनिर्वाचन जारी, सुरक्षा व्यवस्था अत्यन्त कडा

193

दाङ / दाङको दुई स्थानमा शान्तिपूर्ण तरीकाले उपनिर्वाचन भैरहेको छ । सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको र मतदाताहरुले निर्वाध ढंगले मतदान गरिहेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेससभा २ र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा मतदान भैरहेको छ । निर्वाचन क्षेत्र नम्बर ३ को २ मा ३२ मतदान स्थलका ७७ वटा केन्द्रमा र घोराही १६ मा २ मतदान स्थलको ५ केन्द्रमा शान्तिपूर्ण तरीकाले मतदान भैरहेको हो । सुत्केरी आमा देखी जेष्ठ नागरिकहरु समेत उत्साहित भएर मतदानमा सहभागि भएका छन् । प्रदेशसभा सदस्य चुन्नका लागि ६८ हजार ७ सय १९ र घोराही १६ मा अध्यक्ष चुन्नका लागि ४ हजार ४ सय ५३ जना मतदान रहेका छन् । अहिले सम्म करिब १८ हजार मत खसेको अनुमान गरिएको छ ।।

दुइ पदका लागि २१ प्रतिस्पर्धी, मुख्य दलकै उमेद्वार बिच प्रतिस्पर्धा

दाङमा एक प्रदेससभा सदस्य र एक वडा अध्यक्षका लागि दुई ठाउँमा भैरहेको उपनिर्वाचनमा २१ जना बिच प्रतिस्पर्धा भएको छ । निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा प्रदेससभा सदस्यका लागि १२ राजनितिक दल र २ स्वतन्त्र गरी १४ जना प्रतिस्पर्धामा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट विमलाकुमारी खत्री वली, नेपाली कांग्रेसका तर्फबाट केशबराज आचार्य, नेकपा मालेका हरिप्रसाद डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका तर्फबाट छोटीलाल थारु प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यस्तै, मंगोल नेशनलका तर्फबाट घनस्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्री, समाजबादी पार्टीका तर्फबाछ डिल्लीबहादुर डाँगी र नेपाली कांग्रेस ९विपी०का तर्फबाट दिपककुमार धिताल पनि प्रदेस सभा सदस्य पदका लागि चुनावी मैदानमा रहनुभएको छ । यसैगरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट धनराज विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट भुपाल रावत, साझा पार्टीका शिबकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, स्वतन्त्रका टीकाराम आचार्य र गोविन्द केसी प्रतिस्पर्धामा रहनुभएको छ । यसैविच घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदका लागि ७ जना विच प्रतिस्पर्धा भएको छ ।

जस्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुरेशबहादुर केसी, नेपाली कांग्रेसका ताराबहादुर डिसी, सामाजबादी पार्टीका विमला पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश केसी र मंगोलनेशनलका तर्फबाट पहलमान आलेमगर रहनुभएको छ । त्यस्तै स्वतन्त्रका तर्फबाट जगलाल चौधरी र समिर वली पनि वडा अध्यक्षको प्रतिस्पर्धामा रहनुभएको छ । यस अघि २०७४ सालको निर्वाचनमा दुबै स्थानमा तत्कालिन नेकपा एमालेका उमेद्वारले जितेका थिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here