दुर्घटना न्यूनिकरण गर्न छुट्टै साइकल लेन बनायाे

294

काठमाडौं / ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनाई संचालनमा ल्याएको छ । शनिवार  महानगरपालिकाले  एक कार्यक्रमका बीच  कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र  कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि साइकल लेन व्यवस्था गरेको जनाएकाे  छ ।

चालु सडकमा नै छुट्याइएको साइकल लेन १.५ मिटर चौडाइको रहेको छ । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडाैं उपत्यकालाई साइकलमैत्री सडक बनाउने अभियानको थालनी भएको जनाए ।

साइकल लेनले शिवपुरी र फुलचोकी जोड्न चाहेको उनले जनाए ।  हाल  महानगरले पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट दरबार क्षेत्रमा आउन चारवटा साइकल लेन बनाउने योजना रहेको जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here