आप्रवासीको डुंगा पल्टिँदा ५८ को मृत्यु

108

एजेन्सी / अफ्रिकन आप्रवासीहरु बोकेको डुंगा एट्लान्टिक महासागरमा डुब्दा ५८ जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघीय आप्रवासी एजेन्सीका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका समेत परेका छन् । दक्षिण अफ्रिकी मुलुकका ती नागरिक रोजगारीका लागि अवैध बाटो हुँदै युरोप छिर्ने तयारीमा थिए ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संस्थाका अनुसार उक्त डुंगाले १ सय ५० जना आप्रवासी बोकेको थियो । इन्धन अभावका कारण डुंगा दुर्घटना भएको बताइएको छ । दुर्घटनापछि ८३ जना पौडी खेलेरै किनारसम्म पुगेका थिए ।
उनीहरुलाई नौधिबौबाट मौरिटानियाका अधिकारीले उद्धार गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here