आठ दिनसम्म २४ हजारपटक फोन गर्ने ७१ वर्षे वृद्ध जेलमा

107

एजेन्सी  / जापानमा एकजना वृद्धले टेलिफोन कम्पनीलाई आफ्नो गुनासो सुनाउनका लागि हजारौंपटक फोन गरेपछि पक्राउ परेका छन् ।

करार सम्झौता उल्लंघन भएको विषयमा गुनासो गर्नका लागि उनले टेलिफोन सेवा प्रदायक कम्पनीमा २४ हजारपटक फोन गरेका थिए ।  ७१ वर्षका आकिटोसी ओकामोटो नामका व्यक्तिले हालै लगातार आठ दिनसम्म जापानको टेलिफोन सेवा प्रदायक कम्पनी केडीडीआईको टोल फ्री नम्बरमा लगातार फोन गरेका थिए ।

टेलिकम कम्पनीले आफूसँगको सम्झौताविपरीत काम गरेको गुनासो गर्न तथा टेलिकम कम्पनीका कर्मचारीमाथि फोनबाटै गालीगलौज गर्नका लागि उनले ८ दिनभित्रमा २४ हजारपटक फोन गरेका थिए ।

प्रहरीका अनुसार, ती व्यक्तिले टेलिकम कम्पनी आफूसँग माफी माग्न आउनुपर्ने अडान राखेका थिए । र, निरन्तर फोन गरेर सोही अडान देहोर्‍याइरहेका थिए ।

फोनले हैरान पारेपछि व्यवसायमा अवरोध गरेको अभियोग लगाउँदै पक्राउ गरिएको छ । स्मरण रहोस् वृद्धावस्थाको जनसंख्यामा वृद्धि भएसँगै जापानमा विभिन्न खाले सामाजिक समस्याहरू बढेको जनाइन्छ ।  वृद्धवृद्धाहरूले चलाएका गाडीहरू धेरै दुर्घटनामा पर्ने गरेका तथा रेलवेका कर्मचारीहरूमाथि वृद्ध यात्रुहरूले दुर्व्यवहारका घटना पनि बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here