बेपत्ता परिवारकी रुबीलाई अन्याय, थापाकी कान्छी श्रीमती सिफारिस्

233

काठमाडौं / सुचना आयोगको पदाधिकारी सिफारिस गर्न बसेको समितिको बैठकले पूर्व सचिव महेन्द्रमान गुरुङलाई प्रमुख आयुक्तमा सिफारिस गरेको छ । त्यस्तै सदस्यहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीकी आफन्त समेत रहेकी कमला ओली र दीपक मैनालीलाई सिफारिस गरेपछि नेकपा भित्र विवाद समेत शुरु भएको छ ।

पूर्व एमालेको कोटाबाट ओलीलाई सिफारिस गरिएको छ भने पूर्व माओवादी केन्द्रको कोटाबाट मैनालीलाई सिफारिस गरिएको छ । सुचना आयोगको सदस्य बन्न ७ जना महिला पत्रकारले निवेदन दिएका थिए । तर, उपसभामुख नेतृत्वको सिफारिस समितिले पूर्व मन्त्री समेत रहेका कर्ण बहादुर थापाकी कान्छी श्रीमती कमला ओलीलाई सिफारिस गरेपछि नेकपा भित्र चरम विवाद शुरु भएको छ ।

पूर्व माओवादीकै तर्फबाट सुचना आयोगको सदस्य बन्नका लागि बेपत्ता परिवारकी सदस्य राम कुमारी श्रेष्ठ ‘रुबी’ले निवेदन दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here