धनुषा / बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको एसपी राजेन्द्र चौधरीले जानकारी दिनुभयो ।
उनका अनुसार सोही विस्फोटमा परी अन्य ३ जना घाइते भएकाहरुको अवस्था गम्भीर छ। घाइते हुनेहरूमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली रहेका छन् । शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो।


















