भारतीय राजदूत पुरीको परराष्ट्रमन्त्री ज्ञवालीसँग बिदाइ भेट

192

काठमाडौं / आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाई भेट गरेका छन् ।

आइतवार बिहान परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न पुरी सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए ।

भेटमा नेपाल-भारत सम्बन्धका विविध आयामका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले  जानकारी दिएको छ । पुरीले सीमा विवाद हल गर्न भारत तयार रहेको जनाएका थिए ।

पुरी २०१७को मार्चमा नेपालका लागि राजदूत बनेर आएका थिए । करीब २ वर्ष ९ महिना भारतीय राजदूतका रूपमा नेपाल बसेका पुरी यसअघिका राजदूतभन्दा कम विवादित मानिन्छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here