यस्ता छन् फेसबुकबारे राेचक तथ्यहरू

256

काठमाडौं / आजको युग सूचना र प्रविधिको युग हो । आजकल घन्टौसम्म मोबाइलबाट फेसबुक चलाउँने सामान्य भइसकेको छ । संसारका अधिकांश मानिसरू मोबाइलबाट फेसबुक चलाउँछन् र संसारभर घटिरहेका विविध घटनाहरुको जानकारी लिईरहेका हुन्छन् ।

फेसबुक साइटमार्फत युजरनेम र पासवर्ड राखेर फोटो तथा आफूलाई मन लागेका विविध विषयका जानकारी तथा विचार पोष्ट गर्छौ । तर दैनिक सूचनाको पहुँच पुर्‍ याउने फेसबुकमा भएका महत्वपूर्ण तथ्यहरुका बारेमा हामीलाई खास जानकारी हुँदैन ।

फेसबुकका पाँच महत्वोपूर्ण रोचक तथ्य यस्ता छन्ः

१. हामीले फेसबुकमा जे टाइप गछौं त्यो सिधै फेसबुकको सरभरमा स्क्रिनमा देखाउँछ जुन हामीले पोष्ट गरेका हुँदैनौ । हामीले गलत मनसायले कुनै सामग्री टाइप गर्‍ यौं भने त्यो पोष्ट गर्नुभन्दा अगाडि नै फेसबुकले ट्रयाक गरिरहेको हुन्छ ।

२. हामीले बैंकमा रकम जम्मा गर्न खोलेको खातामा आफ्नो निधनपश्चात कसलाई अधिकार दिने भनेर मनोनयन गरिए जस्तै आफ्नो निधनपश्चात फेसबुक कसलाई चलाउने दिने हो मनोनयन गर्न सकिन्छ ।

३. फेसबुक एकाउण्ट प्रयोगकर्ताको निधन भएपछि त्यस्ता एकाउण्ट मृत एकाण्टको रुपमा रहन्छन्, हाल यस्ता एकाउण्ट १८ करोड भन्दा बढीको संख्यामा रहेको मानिएको छ ।

४. फेसबुकले सार्वजनिक गरेको एक जानकारी अनुसार प्रत्येक मिनेट १८ लाखपटक लाइक बटन थिच्ने गरिन्छ ।

५. दैनिक नियमित रुपमा लामो समय फेसबुकमा व्यस्त रहनेहरुलाई एक प्रकारको रोग लागिसकेको छ जसलाई वैज्ञानिकहरुले ‘फेसबुक एडिक्सन् डिसअर्डर’ नाम दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here