पत्रकार र सञ्चार माध्यमलाई सम्मान हुँदै

220

दाङ / नेपाल पत्रकार महासंघ दाङले आफ्नो २७औं स्थापनादिवसको अवसरमा पत्रकार, सञ्चार माध्यम र अक्ष्यकोष दात्तालाई सम्मान एवम् पुरस्कार प्रदान गर्ने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको पुरस्कार छनौंट समितिको आइतबार बसेको वैठकले विभिन्न सञ्चार माध्यममाकार्यरत १८ जना पत्रकार, तीन वटा सञ्चार माध्यम र दुईजना अक्ष्यकोष दातालाई पुरस्कार र सम्मान वितरण गर्न लागेको हो ।

छनौंट समितिका संयोजक सविन प्रियासनको अध्यक्षत्तामा बसेको वैठकले यस वर्ष प्रतिभा पुरस्कारबाट पत्रकार सुलोचना गौतमलाई पुरस्कृत गर्न लागेको छ । यसैगरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार शिबु खनाल, महिला सिर्जनशिल पत्रकारिता पुरस्कारबाट निरला अर्याल, प्रोत्साहन पुरस्कारबाट अमृता भुसाल र आशिष सुनिल पोख्रेल पुरस्कृत हुन लागि रहेका छन् ।

यसैगरी रोशन स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सुनिल पोख्रेल, पण्डित लिलाकान्त महरहठ्ठा पत्रकारिता पुरस्कारबाट छबि पुरी, विष्णु भुपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कारबाट केदार खत्री, यज्ञ बहादुर बुढाथोकी स्मृतिपत्रकारिता पुरसकारबाट अमिर क्षितिज भण्डारी, ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कारबाट ऋषियादव, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कारबाट चेतन रेग्मी, चिन्तामणि जमुनापोख्रेल स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु अधिकारी, लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट उदिराम चौधरी, दुर्ग टिका स्मृतिपत्रकारिता पुरस्कारबाट निराजन डाँगी, शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कारबाट प्रदीप पाण्डे, पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट लक्ष्मण बस्नेत, अकि टुकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट गणेश आचार्य, नदिन स्मृति पत्रकारिता पुरस्कारबाट एकराज भण्डारीलाई पुरस्कृत गर्न लागिएको छ ।

पत्रकार महासंघले यसवर्ष स्थापना दिवसका सन्दर्भमा राप्ती समाचार दैनिक, देउखुरी एफएम र दाङ खबर अनलाईन र पुरस्कार अक्ष्यकोष दात्ताहरु शारदा शर्मा र होतारामअधिकारीलाई विशेष सम्मान गर्न लागेको सचिव भुपेन्द्र प्रकाशवलीले जानकारी दिनुभयो । पत्रकार महासंघ दाङले स्थापना दिवसको सन्दर्भमा पुस १ गतेदेखि ४ गतेसम्म विविद्य कार्यक्रमहरु गर्दै छ । पुस १ गते घोराहीमा रक्तदान, २ गते लमहीमा जनप्रतिनिधिहरुसँग मैत्रीपूर्ण क्रिकेट, ३ गते तुलसीपुरमा नि:शुल्क आँखाशिविर र ४ गते घोराहीमा पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here