काठमाडौं / गुल्मी, ईस्मा गाउँपालिका-३ तोरीपाटा बस्ने ४५ वर्षीय नरबहादुर नेपालीको आगलागीमा परी शुक्रबार राति मृत्यु भएको छ । सोही ठाउँ बस्ने चिन्ते सार्कीको गोठमा आगलागी हुदाँ सोही गोठमा बस्ने नेपालीको जलेर मृत्यु भएको हो ।
काठमाडौं जिल्लाकाे नागार्जुन नगरपालिका-४ बाफलस्थित रबी मानन्धरले आफ्नै घरमा संचालन गरेको सायामिक ट्रेडिङ वर्कसप नजिकै पुराना सामान जलाउने क्रममा शुक्रबार दिउँसो आगलागी हुँदा हाल नम्वर नखुलेका पुराना सवारी साधनहरु भेन ४ थान, कार १ थान र मोटरसाइकल ३ थान समेत जलेर नष्ट भएका छन् ।
यसका ललितपुर जिल्लाकाे महाङकाल गाउँपालिका-१ बस्ने अनिल थोकरको घरमा शुक्रबार साँझ आगलागी हुँदा घर र घरमा रहेका विभिन्न सर सामान जलेर करिब २ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
चितवनकाे राप्ती नगरपालिका-६ स्थित राम उप्रेतीको ओम शिव स-मिल एण्ड भेनियल उद्योगमा शुक्रबार दिउँसो आगलागी हुदाँ करिब २ करोड रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानिय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















