पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय तोक्ने न्यायाधीशलाई हटाउने सरकारको तयारी

153

एजेन्सी / पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफबिरूद्ध मृत्युदण्डको सजाय तोक्ने न्यायाधीशलाई सरकारले हटाउने तयारी गरेको छ । केही दिनअघि मुशरर्फलाई ती न्यायाधीशको नेतृत्वको इजलासले मृत्युदण्डको सजाय तोकेको थियो । न्यायाधीशहरुको तीन सदस्यीय बेञ्चले २–१ को बहुमतले मृत्युदण्डको फैसला सुनाएको थियो । यसमा पेशावर उच्च अदालतका चीफ जस्टिस वकार अहमद सेठ, सिंघ हाइकोर्टका न्यायाधीश नजर अकबर र लाहोर हाइकोर्टका न्यायाधीश शाहिद करीम थिए ।

१६७ पृष्ठ लामो यस फैसलामा सजायअघि यदि मुशर्रफको मृत्यु भयो भने पनि उनको शव घसिटेर ल्याउन र शवलाई तीन दिनसम्म फाँसीमा झुन्ड्याउन भनिएको छ । उच्च अदालतमार्फत यस्तो फैसला सुनाउने न्यायाधीशलाई पाकिस्तान सरकारले नै मानसिक अस्वस्थ भन्दै हटाउने तयारी गरेको हो । त्यसका लागि पाकिस्तान सरकारले सर्वोच्च न्यायिक काउन्सिलमा अपील गर्ने बताएको छ । पाकिस्तानमा उच्च अदालत र सर्वोच्च अदालतको न्यायाधीश हटाउन सर्वोच्च न्यायिक काउन्सिल एक मात्र अधिकृत निकाय हो ।

जागरण डट कममा प्रकाशित समाचारअनुसार फैसलापछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो कानुनी टोलीसँग तत्काल परामर्श लिएका थिए । परामर्शमा प्रधानमन्त्री खानले अदालतको फैसला सही नभएको निश्कर्ष निकालेका थिए । मृत्युदण्डको फैसलालगत्तै पाकिस्तानी कानूनमन्त्री फारग नसीमले भनेका छन्, ‘यो फैसलाले न्यायाधीश सेठ मानसिक अस्वस्थ रहेको देखाउँछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here