चितवन / भरतपुर महानगरपालिका-१ दियालो रोडमा ना.४ ख ६३३० नम्बरको बसको ठक्करबाट साइकलयात्री राप्ती नगरपालिका-१३ बस्ने १७ वर्षीय फिलिप प्रजाको बिहीबार बिहान मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालभरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















