नक्कली भूकम्प पीडितले फिर्ता गरे १० करोड रुपैयाँ

262

काठमाडौं / झुटा विवरण पेश गरेर रकम बुझ्ने नक्कली भूकम्प पीडितले रकम फिर्ता गर्न थालेका छन्।

अहिलेसम्म १० करोड ३ लाख ५० हजार रुपैयाँ फिर्ता भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ।

एक हजार ८५५ जनाले रकम फिर्ता गरेको एकाइको तथ्यांक रहेको समाचार कान्तिपुर दैनिकमा छ।

‘रकम फिर्ता गर्ने क्रम जारी छ,’ आयोजनाका इन्जिनियर सम्रक कर्मचार्यले भने, ‘फिर्ता गर्नेको संख्या अझै बढ्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here