काठमाडौं / भारतले कालापानीमा सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई अवरोध गरेको छ ।
भारतको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारततर्फ पारेपछि नेपालले विरोध जनाउँदै आएको छ ।
मसिंर २७ मा सरकारले नेपाल भारत अन्तर्राष्ट्रिय सीमा निरीक्षण समिति समेत बनायो, त्यसलाई दिएको अधिकार सीमा दुरुस्त रहे नरहेको, अतिक्रमण भएको नभएको, सीमा स्तभ हराए नहराएको यकीन गरेर तीन महिनाभित्र परराष्ट्र मन्त्रालयमा प्रतिवेदन बुझाउन भनिएको छ ।
भूमिसुधारमन्त्री पद्मा अर्यालले सीमा निरीक्षण तथा नापजाँचको काम भइरहेकोबेला भारतीय पक्षले कालापानीमा अवरोध गरेको जनाएकी छिन् ।
मंगलबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा उनले भनिन्, ‘नाप्दै जाँदा कालापानीमा पुगेपछि भारतीय पक्षबाट अवरोध भयो ।















