गोरखा / नेपाल मगर संघ गण्डकी गाउँपालिकाको आयोजनामा माघेसंक्रान्ती २०७६ को अवसरमा दर्बुङमा भव्य ‘सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ । लाेप हुँदै गइरहेको संस्कृति संरक्षण र सम्वद्धर्न गर्नका लागि प्रथम माघेसक्रान्ती कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष झबिन्द्र राना मगरले जानकारि दिनुभयो ।
कार्यक्रम माघेसंक्रान्तिको दिन माघ १ गते दर्बुङ्को रानिस्वारामा आयोजना हुनेछ । यस कार्यक्रमकाे मुख्य आकर्षणको रुपमा नृत्य प्रतियोगिताका साथै अन्य विविध सांस्कृतिक कार्यक्रहरु हुनेछ ।
नृत्य प्रतियोगितामा प्रथम हुनेले रु.२० हजार, दास्रो हुनेले रु.१५ हजार, तेस्रो हुनेले रु.१० हजार र सान्त्वना स्थान प्राप्त गर्नेले रु.५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संघका अध्यक्ष झबिन्द्र राना मगरले जानकारी दिए ।
कार्यक्रममा स्थानिय पन्जे बाजा समुहको प्रस्तुतिका साथै, चुड्का नाच, मारुनी नाच र स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
















