ग्लोबल आइएमईको १३औं वार्षिकोत्सवको अवसरमा रक्तदान

76

काठमाडौं / ग्लोबल आइएमई बैंकले १३औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले रक्तदान गरेका छन् ।

केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा उपत्यका बाहिर ७ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

उपत्यका बाहिर प्रदेश नं. १ को बिराटनगर शाखा, प्रदेश नं। २ को जनकपुर शाखा, प्रदेश नं. ३ को नारायणगढ र चितवन भण्डारा शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, प्रदेश नं। ५ को बुटवल चौराहा शाखा र नेपालगञ्ज शाखामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा यही पौष १७ गते देखि एक महिना सम्म विभिन्न सामाजिक कार्यहरु आयोजना गर्दैैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here