संसारकै विचित्रकाे पहिरन

170

एजेन्सी / यस संसारमा सदैव केही न केही अचम्मका काम भई नै रहेका हुन्छन् । कहिलेकाहीँ मान्छेहरूले गुणस्तरहीन सामानहरूको प्रयोग गरी विभिन्न उपयोगी सामान बनाउँदछन् त कहिलेकाहीँ मान्छेले लगाउने पहिरनमै अनेक खालका कलाकारिता देखाउँछन् ।

अमेरिकामा हालै यस्तै खालको कलाकारिता प्रस्तुत गरिएको छ । अमेरिकामा एउटा यस्तो बगैंचा तयार गरिएको छ जसलाई कपडाको रूपमा शरीरमा लगाउन सकिन्छ । यो विश्वकै पहिलो यस्तो बगैंचा हो, जसलाई पहिरन बनाएर लगाउन सकिन्छ ।

अमेरिकाको दक्षिण क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक तथा डिजाइनर अरुसिआक ग्याब्रिएलले उक्त पहिरनवाला गार्डेनको डिजाइन गरेका हुन् । उनी भन्छन्, ‘आफ्नो खाना आफैं फलाउनुहोस् ।’

तरकारी तथा फलफूल फलाउने यो पहिरन लगाएर तपाईं जहाँ पनि घुम्न सक्नुहुन्छ । अर्को रोचक कुरा त के भने यो पहिरनमा फलिरहेका तरकारी तथा फलफूलका विरुवामा आफ्नै पिसाबले सिंचाइ गरिएको हुन्छ ।

डिजाइनर अरुसिआकको यो परियोजना फ्रान्सको बाटनिस्ट प्याट्रिक ब्लांकको भर्टिकल गार्डेन्सबाट प्रेरित छ, जसलाई माटोको आवश्यकता पर्दैन । बगैंचावाला यस पहिरन तयार गर्नका लागि आद्रता रोक्ने कपडाको एक पत्रलाई गञ्जीको आकार दिइन्छ । उक्त पहिरनमा अरुसिआकले अहिलेसम्म २२ भन्दा धेरै प्रकारका सागसब्जी तथा फलफूल उमारिसकेका छन् । त्यसमा गोभी, गाजर, स्ट्रबरी, बदामलगायतका छन् ।

अरुसिआकको यो पहिरन एक आर्किटेक्टको प्रश्नबाट पनि प्रेरित छ । ती वास्तुकलाविद्को सवाल छ कि भविष्यमा माटोमा पानीको अभाव हुँदा खेतीबाली कसरी उब्जिएला रु हामीले पौष्टिक भोजन तथा स्वस्थ बिरुवा कसरी उमार्नेहोला रु यिनै प्रश्नको जवाफ खोज्दै अरुसिआक ग्याब्रिएलले यस डिजाइनर ड्रेस तयार गरेका हुन् ।

यद्यपि, पहिरनमा उम्रिएका बिरुवाहरूमा जब तरकारी तथा फलफूल फल्दछन् तब यसको वजन बढ्दछ । वजन बढेसँगै यसलाई जिउमा पहिरिन समेत समस्या हुन्छ । यसका साथै यस पहिरनमा पिसाबबाट गरिने जुन सिंचाइको प्रणाली छ त्यसको बारेमा पनि कतिपयले आलोचना गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here