काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लागू गरेको विद्युतीय (गोएमएल) भोलिबाट सुरु हुँदैछ । केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई गोएमएलका माध्यमबाट प्रतिवेदन तथा विवरणहरु पेश गर्नुपर्ने निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले २०७६ माघ १ गतेदेखि वाणिज्य बैंकहरुलाई विद्युतीय माध्यमबाट प्रतिवेदन पेश गर्नुपर्ने छ भने विकास बैंक र वित्त कम्पनीहरुले २०७७ आगामी साउन १ गतेदेखि अनिवार्य रूपमा विद्युतीय (गोएमएल)माध्यमबाट मात्रै प्रतिवेदन पेश गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकका प्रवक्क्ता गुणाकर भट्ट भन्छन् -‘सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन, बैंक तथा वित्तीय संस्थाले वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने सीमा तथा शंकास्पद कारोबारर क्रियाकलापको प्रतिवेदनलाई कोर बैंकिङ प्रणालीमा अध्यावधिक गर्न यस्तो व्यवस्था गरिएको छ ।’
यस्तै हरेक बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाको संस्थागत तथा क्षेत्रगत जोखिम मूल्यांकन सम्बन्धी प्रतिवेदन ०७६ पुसभित्र पेस गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको प्रवक्ता भट्ट बताउछन् ।
के हो गोएमएल ?
बैंक तथा वित्तीय संस्थाका शंकास्पद कारोबारहरु पत्ता लगाउने सफ्टवर नै गोएमएल हो ।
गोएमएल बैंक तथा वित्तीय संस्थाहको विवरण ९कर्जाको विवरण, निक्षेप लगायतका विभिन्न वित्तीय विवरणहरु० मा शंकास्पद कारोबारहरुको पत्ता लगाउने सफ्टवर हो । यसअघि तथ्याङ्क स्क्यान कपीबाट पेश गरिन्थ्यो अब यी विभिन्न वित्तीय विवरणहरुलाई विद्युत्तिय माध्यमबाट पेश गर्ने प्रक्रिया नै गोएमएल हो । यो गोएमएल भन्ने सफ्टवरबाट बैंक तथा वित्तीय संस्थाले गरेका शंकास्पद क्रियाकलापहरुलाई पत्ता लगाउन सजिलो हुन्छ ।
के छ प्रक्रिया ?
सबै बैंक तथा वित्तीय संस्थाले गोएमएललाई लिंकेज गराउनका लागि एउटा फाइनान्सियल युनिट सफ्टवर बनाएका हुन्छन् । त्यही फाइनान्सियल युनिटमा विवरण भरेर केन्द्रीय बैंकमा विवरण बुझाउने काम गोएमएलले गर्दछ । अर्थात गोएमएल बैंक र नेपाल राष्ट्र बैंकबीच ग्राहकको विवरण शेयर गर्ने प्लेटफर्म हो ।
यस गोएमएल सफ्टवरबाट पारदर्शिता बढाउँछ । बैंक तथा वित्तीय संस्थामा खातावालाहरुबाट हुने शंकास्पद विवरणहरुलाई सजिलै पता लगाई उक्त विवरणहरुको छानविन गरेर अगाडी बढन सजिलो हुन्छ ।
प्रस्तुती : नानु खड्का (निर्जला)


















