नेवा–ताम्सालिङ प्रदेश नामाकरण नगरिएकाेले काभ्रेमा प्रचण्डलाई प्रवेश निषेध

224

काभ्रे / प्रदेश नं ३ लाई नेवा–ताम्सालिङ प्रदेश नामाकरण गर्न माग गरिए पनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानसहितको संघीयताविपरीत बाग्मती प्रदेश नाम राखेको भन्दै काभ्रेको महाभारत गाउँपालिकाका पहिचानवादी युवाहरुले दाहाललाई आफ्नो क्षेत्रमा प्रवेश निषेध गरेका छन् ।

उनीहरुले दाहाललाई संघीयता विरोधी, नेवा–ताम्सालिङ विरोधी र १७ हजार मान्छेको ज्यान लिने कुख्यात व्यक्तिको संज्ञा दिदै महाभारत गाउँपालिका प्रवेश गरेमा जे पनि हुन सक्ने र सोको जिम्मा आयोजकले लिनुपर्ने लेखिएको पोस्टर ठाउँठाउँमा टासेका छन् ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहितको सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती राख्ने र राजधानी हेटौडा बनाउने निर्णय गरी प्रदेश ३ का आफ्नो सांसदहरुलाई सोही अनुसार मतदान गर्न ह्विप जारी गरेको थियो ।

प्रदेशसभामा दुई तिहाई सांसद भएको नेकपाको अगुवाईमा गत पुस २७ गते बाग्मती प्रदेश घोषणा गरिएको थियो ।

सोही बेला पूर्वमाओवादी नेता समेत रहेका प्रदेश सांसद प्रेम तामाङले भने नेवा–ताम्सालिङको पक्षमा संशोधन प्रस्ताव दर्ता गराउन खोज्दा एकजना समर्र्थक समेत पाएनन् ।

सोपछि उनले ‘राता मान्छे’ भन्दै हिजोका क्रान्तिकारी माओवादीहरुप्रति गहन प्रस्तुतिका साथ आप्mनो भनाइ राख्दै दुःख व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here