मानवअधिकार संरक्षणमा प्रहरीको संरचना र भूमिका सम्बन्धी एक दिवसीय गोष्ठी सम्पन्न

273

काठमाडौं – मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको संरचना र भूमिका सम्बन्धी एक दिवसीय गोष्ठी बुधबार प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । नेपाल प्रहरी र काठमाडौं स्कुल अफ ल को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । गोष्ठी समापनको अवसरमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरी र काठमाडौं स्कुल अफ ल का प्रोफेसर गिता पाठक संग्रौलाले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले मानवअधिकार संरक्षण, कानुनको कार्यान्वयन र महिला तथा बालबालिकाको अधिकार सम्बन्धी सवालहरुमा नेपाल प्रहरी र काठमाडौं स्कुल अफ ल ले विविध सहकार्य गर्दै आएको उल्लेख गर्दै आजको गोष्ठीले समेत जोखिममा परेका वर्गहरुको अधिकार संरक्षणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीले समुदाय- प्रहरी साझेदारी कार्यक्रम मार्फत सबै स्थानीय निकायसँग समन्वय गरी विविध सामाजिक
कार्यक्रमहरु संचालन गरिरहेको उहाँले भन्नुभयाे ।

गोष्ठीमा काठमाडौं स्कुल अफ ल का प्रोफेसर गिता पाठक संग्रौलाले बालमैत्री अनुसन्धान पद्धति र बालसंरक्षणको लैंगिक आयाम, बाल अधिकार विशेषज्ञ मिलन धरेलले बाल अधिकार संरक्षणको अवधारणामा बाल यौन दुर्व्यवहारका बिषयहरु तथा नेपाल प्रहरीको तर्फबाट प्रहरी नायव उपरीक्षक दिप्ती कार्कीले महिला अधिकार तथा बालअधिकार संरक्षणमा नेपाल प्रहरीको भूमिका सम्बन्धी आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

महिला तथा बालअधिकार संरक्षण लगायतका विविध विषयमा छलफल भएको उक्त गोष्ठीमा प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु एवं प्रहरी निरीक्षकहरु, एशिया प्यासिफिकका विद्यार्थीहरु तथा काठमाडौं स्कुल अफ ल का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here