दाङ । तुलसीपुरस्थित बसपार्कमा पार्किङे बसमा आगजनी भएको छ । गएराति अज्ञात समूहले तुलसीपुरको बसपार्कस्थित टिकट काउण्टरनजिकै पार्किङ गरेको ना ४ ख ७१८८ नम्बरको बसमा आगजानी गरेको बस धनी सुमन कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार आगजनीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । बसमा राति साढे ११ बजे आगजनी गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिनुभयो । उक्त बस दाङको भालुबाङ हुँदै रुकुम चल्ने गरेको थियो । बसपार्कभत्रै पार्किङ गरेको बसमा आगजनी भएपछि गाडीधनीहरु त्रसित बनेको त्रिशिद्देवरी राप्ती यातायात प्रालि तुलसीपुरका सचिव प्रकाश भट्टको भनाई छ ।
आगजनीमा संलग्न दोषीको तत्काल पहिचान गरि कारबाही गर्न त्रिशिद्देवरी राप्ती यातायात प्रालिले माग गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक डम्बरपालले जानकारी दिनुभयो ।


















