भारतीय राजदूत क्वात्रा र वरिष्ठ नेता खनाल बीच भेटवार्ता

120

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।

खनाल निवास डल्लुमा आज उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी  दिए । भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल र राजदूत क्वात्राबीच दुई देशको आपसी हितका विषयमा कुराकानी भएको सचिव भट्टराईले जानकारी दिए ।- रासस 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here