उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ : संक्रमित र मृतक बढ्दै

72

भदौ ३० गतेसम्मकोे तथ्यांक अनुसार काठमाडौं महानगरमामात्र ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ।  देशभर कोरोना संक्रमितको संख्या  ५८ हजार ३ सय २७ पुगेको छ।

काठमाडौं महानगरमा दैनिक रुपमा हटस्पद थपिँदै गएका छन्। साउन ५ गते लकडाउन खुलेपछि काठमाडौंमा संक्रमित थपिदै गएका थिए। अहिले काठमाडौंका सवै वडामा कोरोना संक्रमित रहेका छन्। महानगरभित्रमात्र ५० संक्रमितले ज्यान गुमाएका छन्।  देशभर मृत्यु भएकामध्ये ३ सय ७९ मध्ये १५ प्रतिशत मानिस महानगरका रहेका छन्।

महानगरका २  वडामा ४/४ जनाले ज्यान गुमाएका छन्। उपत्यकाको सवैभन्दा धेरै संक्रमित रहेको स्थान काठमाडौं महानगरको वडा नम्बर १५ रहेको छ। स्वयम्भु क्षेत्रमा ५ सय ६४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने एक जनाको  मृत्यु भएको  छ। त्यस्तै वडा नम्वर ३२ कोटेश्वर बढी प्रभावित क्षेत्र मानिएको छ। उक्त क्षेत्रमा ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ भने २ जनाले ज्यान गुमाएका छन्।

उक्त क्षेत्रपछि  वडा न  १६ बालाजुमा धेरै संक्रमित रहेका छन्। बालाजुमा ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको  छ।

काठमाडौं महानगरका ९ वडामा २ सयभन्दा धेरै संक्रमित रहेका छन् । २ सयभन्दा धेरै संक्रमित रहेका काठमाडौं महानगरका वडाहरू यी हुन् :

    वडा न ३ महारागञ्ज–३७३, मृत्यु १
वडा न ७  मित्रपार्क–२०८, मृत्यु ४
वडा न ११ त्रिपुरेश्वर–३२९, मृत्यु १
वडा न १३ कालिमाटी–३०१, मृत्यु ३
वडा न १४ कलंकी–२७०, मृत्यु १
वडा न १५ स्वयम्भु–५६४,  मृत्यु १
वडा न  १६ बालाजु–४१५, मृत्यु ३
वडा न २७ इनबहाल–२८०, मृत्यु ४
वडा न २८बागवजार–३२१, मृत्यु १
वडा न  ३२  कोटेश्वर–४५२, मृत्यु २
अन्य  ४५२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here