जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की

164

काठमाडौं । भौतिक पूर्वाधारमन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छिन्।

मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘राइस मिल अहिले पनि जीवित छ। गौरमा फणा देखाउने प्रयास नगर। यहाँ लाठी भाँच्न मानिसले जानेका छन्। तुफानसँग टकराउने प्रयास नगरे हुन्छ।’

मन्त्री यादवले गौर नरसंहार दोहोरिन सक्ने चेतावनीसमेत दिएकी छिन्। ‘यो गौर ऐतिहासिक जिल्ला हो। बलिदानी दिवसमा हिंसा गर्नु छैन, आज हामी बलिदानी दिवस मनाउन आएका छौं, भोलि म यहाँको सडकको अवस्था अवलोकन गर्नेछु’ उनले चेतावनीको शैलीमा भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्‍यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो । त्यो इतिहास डाक्टर साब (सिके राउत) ले नभुलुन्। नत्र तपाईंका कार्यकर्ता मारिन्छन्।’

यस्तै प्रकृतिको क्रियाकलाप भइरहे जनताले घेरबन्दी गरेर हत्या गर्नसक्ने भएकाले सतर्क रहन आग्रह गरेकी छिन्। ‘डाक्टरसाबलाई म चेतावनी दिन्छु, यदि कलेजोमा ताकत छ, गाई भैंसीको दूध खाएको छ भने सिंहदरबारमा गएर घेराउ गर्नुस्। तर, जसको नसमा गाई र भैँसीको दूधको रगत बगेको छ यसलाई फासफुस कहिल्यै पनि हुँदैन, लड्ने प्रयास नगर्दा बेस हुन्छ’ उनले भनिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here