‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को अडिसन हुँदै

154

काठमाडाैं ।   जाडो महिना सकिने क्रम र गर्मी शुरु हुन लागेसंगै “समर हट फेशन शो एण्ड म्युजिकल नाइट’ हुने भएको छ ।

स्टुडियो कुबेरको आयोजनामा पेजेन्ट नेपालको सहकार्यमा आयोजना हुन लागेको उक्त फेशन शोको यही ८ गते शनिवारका दिन ११ बजे टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लाउन्ज हात्तीसार काठमाण्डौंमा अडिसन हुन लागेको हो ।

कार्यक्रममा सहभागीता जनाउनका लागि अडिसनकै दिन गएर आवेदन भर्न सकिने छ ।

कार्यक्रमको ग्राण्ड फिनाले केही महिनापछी हुने र अहिले अडिसन तथा ट्रेनिङ हुने आयोजक स्टुडियो कुबेरका चेयरपर्सन कुबेर तामङगले बताए । अहिलेसम्मा गरिएका फेशन शो भन्दा केही फरक र दमदार प्रस्तुती सहित हामी मार्केटमा आउन लागेको कुरा तामाङगले बताए ।

अहिलेको विषम परिस्थिति पूर्ण सुरक्षा तथा स्वास्थ्य मापदण्ड अपनाएर यस्को अडिसन गरिने र समय अनुकुल हेरेर यसको फाइणल कार्यक्रमको मिती तय गरिने कुरा पनि आयोजना टिमले बताए ।

अडिसनको निर्णयक भूमिकामा कलाकारिता, मोडलिङ, फेशन आईकन तथा समाजसेवी लगायतका प्रतिष्ठित व्यक्तित्वहरु रहने कुरा पनि जानकारी गराए ।

कार्यक्रमको सपोर्टेड मिडियाको रुपमा राष्ट्रखबर, तथ्यखबर तेजनेपाल, सिनेकला, ग्यालेक्सी दैनिक लगायतका रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here