बाबुरामको नयाा शक्तिको नयाा कुरा

239

–निमकान्त पाण्डे–
डा.बाबुराम भट्टराईले दशवर्षे जनयुद्धबाट प्राप्त गरेको आङ्खनो राजनीतिक उचाइलाई बु¤न सकेनन् । उनको राजनीतिक उचाइ उनको डाक्टरी प्रमाणपत्रले बनाएको होइन भन्ने यथार्थलाई उनले बिर्सिदिएका छन् । उनलाई देशभक्त र जनपक्षीय नेता बनाएको नै मालेमावादले हो भन्ने सत्यलाई उनले जति छोप्न खोजे पनि सम्भव हुने छैन । बाबुरामलाई नेपालको प्रधानमन्त्री बनाउने निर्णय गरेको चर्चित धोबिघाट बैठकमा मालेमावादलाई राजनीतिक आदर्श मान्नेहरूकै जमघट थियो भन्ने कुरा बाबुरामले नबिर्सिदिएको भए राम्रो हुन्थ्यो । आज बाबुरामका पछाडि केही धनी व्यक्तिहरूको लामबन्दी लागेकै कारणबाट बाबुुरामले मालेमावादलाई सत्तोसराप गर्न थालेका छन् । आफूलाई जन्म दिने आमालाई सराप्नु र आङ्खनो उचाइ बढाउन सहयोगी बनेको राजनीतिक आदर्शलाई सराप्नुमा कुनै भिन्नता हुन सक्दैन ।
हुन त बाबुरामले आङ्खनो राजनीतिक विचलनको संकेत धेरै पहिलेदेखि गरेका हुन् । एमाओवादीको हेटौंडा महाधिवेशनपछि प्रचण्डबाट ‘प्रगतिशील राष्ट्रवाद’को व्याख्या गराउन समेत सफलता हासिल गरेका बाबुरामले विराटनगर सम्मेलन छोडेर आङ्खना पितालाई तीर्थाटन गराउन मानसरोवरको यात्रा तय गरेर उनले आफूमा विकसित हुादै गएको गलत संस्कारलाई संकेत गरेका थिए । त्यसपछि बाबुरामले दिएको सन्देश स्मरणीय छ । आङ्खना पिताकै साथमा धर्मनिरपेक्ष रहेका बाबुराम र पत्नी हिसिलाले ‘सप्ताह’को हिन्दू धार्मिक कार्यक्रममा सहभागिता देखाएर धर्म सापेक्षता पनि प्रदर्शित गरेका थिए । बाबुराममा विकसित हुादै गएका यस्ता विचलनहरूप्रति उनी निकटका नेता कार्यकर्ताहरूमा ध्यान पुगेन । अन्तत: बाबुराम, कम्युनिष्ट आन्दोलनका लागि ‘आया राम–गया राम’ जस्तै भएका छन् ।
बाबुरामले माओवादी पार्टी परित्याग गरी नयाा शक्ति निर्माणमा जोड दिएका छन् । उनको नयाा शक्तिले ‘प्रगतिशील राष्ट्रवाद’को नारा अघि सारेको छ । बाबुरामको नयाा शक्तिको ‘प्रगतिशील राष्ट्रवाद’ भनेको भारतमुखी विद्युत् नीति हो । भारतमुखी विद्युत् नीति भनेको नेपाललाई कंगाल बनाउने बाटो हो । नेपालसाग भएको जलसम्पदा जतिमा भारतको एकाधिकार कायम गराउने नीति नै भारतमुखी विद्युत् नीति हो । यस्तो नीतिले नेपाललाई थप अन्धकारमा फसाउने चालबाजी मात्र हो । यस्तो नीतिलाई ‘प्रगतिशील राष्ट्रवाद’को पगरी गुथाएर नेपालका शासक बन्ने चाहना बाबुरामको नयाा शक्तिको रहेको छ ।
नेपालको सम्पन्नता भनेको नै जलसम्पदामा हो । जलसम्पदाको सही उपयोग गर्नसक्ने हो भने नेपालले कसैसाग निर्भर रहनुपर्ने छैन । परन्तु नेपाली जनताकै लगानीबाट निर्माण गर्न सकिने विद्युत् उत्पादन पारियोजनाहरू धमाधम भारतलाई दिने काम भएको छ । दश वर्षसम्म सशस्त्र युद्ध लडेर राष्ट्रिय स्वाधीनताको सवालमा राष्ट्रिय खम्बा बन्न पुगेको माओवादी शक्तिलाई वैशाखी बनाएर छिमेकी भारतले नेपालका सबै जलसम्पदामा आङ्खनो अधिकार स्थापित गराएको छ । जलसम्पदामा अधिकार जमाउने र आङ्खनो देशका नागरिकलाई आप्रवासीका नाममा नेपालको नागरिक बनाउने काममा भारतले बाबुराम जस्ता पात्रहरूलाई माओवादी पार्टीमा घुसपैठ गराएको रहेछ भन्ने कुरा अब आएर छर्लङ्ग भएको छ । बाबुरामले नयाा शक्तिका नामबाट उद्घोष गरेको ‘प्रगतिशील राष्ट्रवाद’को मुखौटो त्यही वैशाखी भएको पनि पुष्टि भइरहेको छ ।
नेपाललाई इन्धनमा भारतनिर्भर बनाइएको छ । इन्धनमा भारतनिर्भर नहुनका लागि आङ्खनो देशको जलसम्पदाको सही उपयोग नै सच्चा राष्ट्रवाद हो । जलसम्पदाको सही उपयोग गर्ने हो भने ऊर्जा संकटबाट हामी मुक्त हुन सक्नेछौं । ऊर्जा संकटबाट मुक्त भएपछि देशलाई औद्योगीकरण गर्न सजिलो हुने निश्चित छ । देशलाई औद्योगीकरण गरियो भने देशभित्रै रोजगारीका अवसरहरू पर्याप्त हुनेछन् । देशमा रोजगारी पाइयो भने विदेशतिर पलायन भएका नेपालको युवा जनशक्तिले देशमै रोजगारी पाउनेछ । देशको जनशक्तिले देशमै पाखुरा बजार्न पायो भने आर्थिक क्षेत्रमा नेपालले फड्को मार्ने पनि निश्चित छ । परन्तु बाबुरामको नयाा शक्तिको ‘प्रगतिशील राष्ट्रवाद’ले नेपाललाई भारतनिर्भर बनाउने र आफू भारतको आशीर्वादमा नेपालको शासक बन्ने परिकल्पना गरेको छ । यथार्थमा यही हो बाबुरामको नयाा शक्तिको नयाा कुरा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here