प्रधानसेनापति हजुर संग भेट गर्ने समय पाउं भने हजुरले म सर्वसाधारण नागरिकलाई भेट गर्न के खोज्नुहोला ? हजुरलाई म सर्व साधारण नागरिक संग भेट गर्न समयको अभाव होला ? यसकारण चिट्ठी मार्फत सन्देश पठाउन खोजेको हो।
प्रधानसेनापति पुर्ण चन्द्र थापाज्यु हजुर भिमसेन थापाको सन्तान हुनु हुन्छ हजुरले जंग बहादुर राणाको अवतार लिनुपर्ने भयो निभेको आगो नताप्ने बलिरहेको आगो मात्र ताप्न खोज्ने ताक परे तिवारी नत्र गोतामे स्वार्थी , अवसरवादी गद्दार राष्ट्रको अहित चाहने प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र र मनपरितन्त्र गर्दै आएकाहरुलाई खोरमा कोच्नु पर्यो ।
यो मुलुक बिगार्ने नै जहिले पनि सत्ताको आड र पहुँचमा रहने तथा सत्तामा जो छ उसको चाकरी र गुलामी गर्नेहरु नै हुन् । प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र मुलुक चाइना,भारत र अमेरिका आदि आदि जस्ता मुलुकलाई भनिन्छ।
प्रधानसेनापतिज्यु हजुरले टुलुटुलु हेरेर हुदैँन । पञ्चायत कालमा १३३ जना सांसदहरु हुँदा कति धेरै भनिन्थ्यो अहिले ८८४ जना सांसद हुँदा पनि हामी नेपाली नागरिकहरु मौन किन रु संघीयताले मुलुकको आर्थिक भार थेग्न र धान्न नसक्ने अवस्था छ। संघीयता प्रधानमन्त्री, मन्त्रीपरिषद , राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख , राष्ट्रिय सभा अध्यक्ष प्रदेशको मुख्यमन्त्री,मन्त्रीहरू ,८८४ जना सांसद र ७७ जिल्लाका नगर प्रमुख (मेयर) हरुको लागि मात्र हो।हाम्रो मुलुक नेपाल वीर गोर्खाली र बहादुरहरुको नामले पनि चिनिन्छ। वीर गोर्खाली वीर बहादुरहरु कता गए कता हराए ? यदि म प्रधानसेनापति भएको भए यसरी टुलुटुलु हेरेर बस्ने थिएन।आइपरेको बाधा अड्चनहरुलाई सजिलो संग व्यहोर्नु परे व्यहोरथें।
– राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–२