दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता

159

 काठमाडौं / प्रधानमन्त्री केपी ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाए । गणतन्त्रका धरोहरहरुविरुद्धको दुस्प्रचारका विरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको जिकिर गरे।

तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आईतबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिलाई विवादमा ल्याएर राजतन्त्र ल्याउन खोजिएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिएका छन् ।

सारेर गणतन्त्र विरोधीहरुले राष्ट्रपति जस्तो मर्यादित संस्थामाथि निरन्तर आक्रमण गरिरहेको प्रधानमन्त्री ओलीको दावी छ ।

ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको दावी गर्दै दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरे पनि सफल नहुने स्पष्ट पार्दै मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here